Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

महाधिवेशनकाे संघारमा सदस्य थप्दै राप्रपा, करिब २० लाख सदस्य थपिने

Friday, January 27, 2017 National Power

माघ १४ (काठमाडाैँ)– महाधिवेशनकाे संघारमा रहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ ।

पार्टीलाई सङ्गठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई सो सदस्यता लिन अनिवार्य गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सञ्चालन गरिएको विशेष सदस्यता वितरण अभियानअन्तर्गत केन्द्रीय अध्यक्षदेखि साधारण सदस्य तथा नयाँले समेत सदस्यता लिएका छन् ।

पार्टीको आगामी फागुन ६ देखि ९ सम्म हुने महाधिवेशनका लागि देशभरका अधिकांश वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न गरिएको छ भने बाँकी रहेका महानगर तथा केही नगरको अधिवेशन यही माघ १५ गतेसम्म सम्पन्न गर्ने योजना छ ।

पार्टीले बूढानिलकण्ठ नगरपालिकामा विहिबार अधिवेशन सम्पन्न गरेको छ । पार्टीका सहायक महामन्त्री जयकुमार खड्काले सो अधिवेशनको शुभारम्भ गर्दै देश र जनताका पक्षमा कार्य गर्ने बलियो राष्ट्रवादी शक्ति अहिले मुलुकमा खाँचो रहेकाले राप्रपा र राप्रपा नेपालको एकीकरण भएको बताउनुभयो ।

केन्द्रीय सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि वडादेखि नै सन्तुलित ढङ्गले नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा रहेको निर्देशन समितिको बैठक आज बस्नेछ ।केन्द्रीय सदस्य नानुमैया आचार्यका अनुसार सो समितिमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, केन्द्रीय अध्यक्ष कमल थापा, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालगायत १० सदस्य हुनुहुन्छ । बैठकमा महाधिवेशन तथा देशका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।