Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

मिटर रिडर जति काेही पुलिसकाे फन्दामा, काेही अान्दाेलनमा, प्राधिकरण भन्छ मिटर रिड गरेर अाँफै पैसा तिर्न अाउनु (विज्ञप्ती सहित)

Thursday, January 26, 2017 National Power

विद्युत् चोरीको अनुसन्धानका क्रममा प्राधिकरणका केही कर्मचारीहरु पक्राउ परेपछि र केही सरूवाकाे विराेधमा अान्दाेलनमा उत्रिएपछि  विद्युत् प्राधिकरणाले विज्ञप्ति जारी गर्दै इमान्दारितापूर्वक काम गर्ने कर्मचारीहरुलाई प्राधिकरणले भेदभावरहित ढंगले दक्षता र क्षमताको आधारमा काम गर्ने वातावरण तय गर्ने बताएको हो ।

व्यवसायीसँगको मिलेमतोमा उल्टो मिटर घुमाएर ठगी गरेको आरोपमा प्रहरीले १५ जना कर्मचारी पक्राउ परेका छन् । विद्युत चोरीको जालो भत्काउन प्राधिकरणले २५ सयभन्दा बढी कर्मचारी सरुवा गरिएको थियो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जारी गरेको विज्ञप्तिमा कसुरजन्य क्रियाकलापमा संलग्न कर्मचारीहरुमाथि भने कारवाही गर्ने प्रतिबद्धता दोहोराएका छन् ।

त्यस्तै वितरण र ग्राहक सेवा निर्देशनालय अन्तरगतका सहायक स्तरका कर्मचारीहरुको सरुवको विषयमा विभिन्न सञ्चार माध्यममा आएको टिप्पणीप्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

विनियमावलीमा भएको व्यवस्था अनुरुप नै कर्मचारीहरुको सरुवा गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

यता, मिटर रिडरहरु पक्राउ पर्न थालेपछि कर्मचारीहरु कार्यालयबाट गयल हुन थालेका छन् ।

यसरी कर्मचारीहरु भाग्न थालेपछि घरमा मिटर रिडर नआए प्राधिकरणले ग्राहक आफैले मिटरको अंक टिपेर महसुस बुझाउन आग्रह समेत गरेको छ ।