Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

जाँदा जाँदै उपेन्द्रकान्त अर्यालले गरे एसएसपीहरूकाे सरूवाः काठमाडाैँमा छवी जाेशी, खरेल र खनाल हेडक्वाटरमा

Thursday, January 26, 2017 National Power

बुधवार राती नेपाल प्रहरीका एसएसपीहरूकाे सरूवा भएकाे छ। लामाे समयदेखी हुन नसकेकाे एसएसपीहरूकाे सरूवा गृहमन्त्री र प्रहरी महानिरिक्षककाे सहमतीका सरूवा भएकाे हाे ।

सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाडौं प्रहरी प्रमुख भएका छन् भने महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् ।

प्रहरी अपराध महाशाखामा भने दिनेश अमात्य आएका छन् । लागू औषध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यात आएका छन् ।

प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललार्इ प्रहरी हेडक्वार्टर युएन शाखामा सरूवा गरिएको छ ।

ललितपुर प्रहरी प्रमुखमा ठूले रार्इलार्इ ल्याइएको छ । रार्इ माओवादीका पालामा अपहरणामा परेर चर्चामा आएका प्रहरी अधिकारी हुन् ।

त्यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दीपक थापा लुम्विनी प्रहरी प्रमुखमा र उत्तम कार्की कोशी प्रहरी प्रमुखमा सरुवा भएका छन् । पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ ।

त्यसैगरी शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र वलराम शर्मा सगरमाथा प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

एसएसपी विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।

गृहमन्त्री र प्रहरी महानिरीक्षक अर्यालबीचको विवादका कारण एसएसपी सरुवा ढीला भएको हो ।

को कहाँ पुगे ? सूची हेर्नुहोस् ।

saruwo001saruwo002sarowp003saruwo004