Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

जुनकिरी निर्देशन गर्दै विशाल

Wednesday, January 25, 2017 National Power

नेपाली चलचित्रको बजार फेरी जगमगाएको बेलामा चलचित्रहरु पनिआशाका दिप बालेर धमाधम छायाँकन भइरहेका छन् । यसै क्रममा काभ्रेमा चलचित्र जुनकेरीको तिव्र गतिमा छायाँकन भभइरहेको भेटियो । चलचित्रमा पुराना कलाकार मोहन निरौला अभिनय गरिरहनु भएको थियो । केहि समयपछि विश्राम यो र नव निर्देशक एवं नायक विशाल विष्टसँग भलाकुसारी भयो । उनले यो चलचित्रको कथाको पोल अहिल्यै नखोल्न आग्रह गरे र सम्पूर्ण छायाँकन सकेर एकैचोटी मिडियालाई जानकारी दिने बताए । यो चलचित्रको प्रमुख भूमिकामा विशाल विष्ट, नविन श्रेष्ठ, मोहन निरौला, प्रभा पोखरेल, सवि विष्ट आदिको रहेको छ । चलचित्र जुनकेरीले विशाल विष्ठको भविष्य निर्देशनमा जम्ने हो या पुनः कलाकारीतामै फर्कनुपर्ने हो आगामी दिनले देखाउने नै छ ।                                                – श्रीदेव