Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

कम सुत्नु पनि घातक

Wednesday, January 25, 2017 National Power

बढी समय काम गर्नु र कम समय सुत्नु मुटुको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ ।

दमकल, आकस्मिक चिकित्सा सेवा, रेजिडेन्ट डाक्टर तथा बढी तनावमा काम गर्ने व्यक्तिहरूले सुत्ने समय कम पाउँछन् । जर्मनीको युनिभर्सिटी अफ बानमा यो अध्ययनका मुख्य व्यक्ति डयानिएल कुएटिङका अनुसार २४ घन्टे सिफ्टले गर्दा कम सुत्न पाउने व्यक्तिहरूमा मुटु संकुचित हुने स्वाभाविक क्षमता, रक्तचाप तथा मुटुको चालमा अस्वाभाविक वृद्धि हुन्छ ।

अध्ययनमा औसत ३१.६ वर्ष आयु वर्गका २० स्वस्थ रेडियोलजिस्टलाई सामेल गरियो । तिनमा १९ पुरुष र एक महिला थिए । औसत तीन घन्टा सुत्ने हरेक सहभागीको २४ घन्टाको सिफ्टभन्दा पहिले र पछि कार्डियो भास्कुलर म्याग्नेटिक रिजोनेन्स गराइयो ।

अनुसन्धाताहरूले सहभागीहरूको रगत र पिसाबको नमुना समेत संकलित गरे । रक्तचाप र मुटुको चाल पनि नापे । त्यसमा अल्पकालीन रूपमा कम सुत्ने सहभागीको रक्तचाप र मुटुको चाल बढी पाइयो ।