Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

स्थानीय तहकाे प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य

Tuesday, January 24, 2017 National Power

अब स्थानीय तहको निर्वाचनमा गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्यरुपमा बनाउनुपर्ने भएको छ ।

संसदको राज्य व्यवस्था समितिअन्तरगतको उपसमितिले स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकमा निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयरमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था राख्ने सहमति जुटाएको छ । यस्तै जिल्ला समन्वय समितिमा पनि  अध्यक्ष र उपाध्यक्ष मध्ये एक महिला उम्मेदवार हुनु पर्नेछ ।

उपसमिति सदस्य ईश्वरी न्यौपानले भनिन्, आयोगले उपलब्ध भएसम्म दुईमध्ये एक महिला हुनुपर्छ भन्ने प्रस्ताव गरेको थियो । हामीले दुईमध्ये एक पदमा महिलालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने सहमति जुटाएका छौं ।’

यसले दुईमध्ये एक पदमा महिलाको उम्मेदवारी ग्यारेन्टी गरेको छ । र, उपसमितिका सदस्यहरुले यसलाई महिला अधिकारका सवालमा ठूलो फड्को भनेका छन् ।

संविधानले गाउँ कार्यपालिकामा चार महिला र नगरकार्यपालिकामा पाँच महिला सदस्य सुनश्चित गरेको छ । यस्तै राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक फरक लिंग वा समुदायको हुनु पर्ने संवैधानिक व्यवस्था छ ।

तर, स्थानीय तहमा भने अब दुई मध्ये एक पदमा महिलाको उम्मेदवारी ग्यारेन्टी गरेको छ ।

र, उपसमितिका सदस्यहरुले यसलाई महिला अधिकारका सवालमा ठूलो फड्को भनेका छन् ।