Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

म्यानचेष्टर सिटी र टोटनहृयामले बराबरी खेल्दै

Sunday, January 22, 2017 National Power

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेका म्यानचेष्टर सिटी र टोटनहृयामले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिटीले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । शनिबार राति भएको खेलमा सिटी र टोटनहृयामले २-२ गोलको बराबरी खेलेका हुन् ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४९ औं मिनेटमा सानेको गोलबाट अग्ता लिएको थियो । ५ मिनेट लगतै केभिन डि ब्रुयेनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । तर, ५८ औं मिनेटमा अलीले गोल गर्दै टोटनहृयामलाई खेलमा फर्काउने संकेत दिए । ७७ औं मिनेटमा सनले बराबरी गोल फर्काए ।

बराबरीपछि टोटनहृयाम २२ खेलबाट ४६ अंकका सात दोस्रो स्थानमा कायमै छ भने सिटी ४३ अंकसहित पाँचौं स्थानमा छ । लिग लिडर चेल्सीको ५२ अंक छ र, उसले एक खेल कम खेलेको छ ।