Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

“सेलिब्रेटी” सुमन गुरुङ

Friday, March 31, 2017 National Power

१८ चैत्र, चितवन – भरतपुर महानगरपालिका १, रामनगरकी १९ वर्षीया सुमन गुरुङ ‘सालीमार मिस चितवन २०१७’ को उपाधि जितेकै दिन फेसबुकमा १ हजार फ्रेन्ड रिक्वेस्ट आए । बधाई लेखिएका म्यासेजले इनबक्स भरिए, अहिले एकाएक सेलिब्रिटी बनेकी छन् ।

उनी भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा जेनरल बाइलोजी लिएर पढिरहेकी छन् ।

उनी भन्छिन् मैले मेरो उमेरअनुसार आयोजना गरिएको प्रतियोगितामा भाग लिएँ, उपाधि नजिते पनि कहिल्यै हार मानिनँ, मलाई थाहा थियो, हिँड्ने मान्छे नै लड्छ, लडेपछि फेरि उठेर हिँड्न सक्ने हिम्मत भने सबैमा हुनुपर्छ ।’

चैत ११ मा ब्राइट नेपालले आयोजना गरेको मिस चितवनको फाइनल प्रतिस्पर्धामा सहभागी २८ जनामध्ये उनी ताज जित्न सफल भएकी छन्।

उनले भनिन् मैले ‘मिस एसएलसी’ मा समेत भाग लिए, ०६९ मा आयोजित प्रतियोगितामा उनी टप १५ मा पर्न सफल भए। उपाधि जित्न नसके पनि हिम्मत हारिनन् । मलाई परिवारबाट राम्रो सपोर्ट भएकाले यही क्षेत्रमा आकर्षित हुँदै गए । गत भदौमा पोखरामा आयोजित ‘मिस तमुस्यो नेपाल’ मा सहभागिता भई टप फोरमा परे । त्यस्तै मिस बेस्ट स्माइल र मिस जक्सन डटकम पपुलरको उपाधि पाउन सफल भए ।
उनले मलाई जिताउने आम नेपालीलाई धेरै धेरै धन्याबाद पनि दिएकी छन् ।