Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

“सिंगापुर र स्विजरल्याण्ड होईन, मौलिक र व्यवस्थित काठमाडौँ बनाउँछु” –जीवनराम श्रेष्ठ

Tuesday, April 25, 2017 National Power

“सिंगापुर र स्विजरल्याण्ड होईन, मौलिक र व्यवस्थित काठमाडौँ बनाउँछु” –जीवनराम श्रेष्ठ

को हुन जीवनराम श्रेष्ठ

२०३६ सालमा काठमाडौँको जनप्रभा मावि कक्षा ९ मा पढ्दै गरेका जीवनराम श्रेष्ठलाइ जनमत संग्रहको बारेमा खासै त्यती चासो थिएन । तर त्यतीखेरै उनलाइ राजनीतिक हावाले यति छोयो कि त्यसैको प्रभाव स्वरुप आज पनि उनको परिचय जोडिँदा २०३६ सालको जनमतसंग्रहको लहर र त्यसले उत्पन्न गरेको परिस्थितिलाइ सम्झनु पर्ने हुन्छ ।


भयो के भन्दा सरकारी जागिरे बुवा र स्वायम्भु क्षेत्रमा बस्ने मध्यम बर्गिय मानिसहरुको प्रभाव । तत्कालिन अवस्थामा सरकारी अफिसरको घरमा वरपरका छिमेकीहरुको बाक्लो आउजाउ अनि तत्कालिन राजनीतिक परिस्थितीको विवेचना, यी सबै कुराको साक्षी बन्ने मौका पाएका यीनको त्यही बेला देखिनै राजनीतिक प्रभाव परिसकेको थियो । त्यसैले कसैको प्रभाव वा कसैलाइ देखेर भन्दा पनि आफ्नो घरभित्रको राजनीतिक वातावरण तथा तत्कालिन विश्व राजनीतिमा माओ र लेलिनको प्रभावको बारेमा पढ्ने, जान्ने मौका पाएका यीनलाइ राजनीति प्रति मोह जाग्न थाल्यो ।
झन् जान्यो झन कौतुहलता भनेजस्तो, जति यीनले विश्व राजनीति अनि नेपालमा वामपन्थी अग्रजहरुको गतिविधि तथा उनीहरुको एजेण्डालाइ नजिकबाट नियाल्ने भोग्ने, देख्ने, सुन्ने क्रम बढ्यो त्यतीनै राजनीति र विशेष गरी वामपन्थी आन्दोलनप्रति यीनको मोह बढ्दै गयो ।
सायद वर्गिय मुद्दालाइ प्रभाथमिकता दिने वामपन्थी आन्दोलनको एजेण्डा र आफुले आफ्नै समाजमा भोगीरहेको वर्गिय विभेदले पनि यीनलाइ वामपन्थी आन्दोलनमा लाग्न अझ बढी प्रेरणा मिल्यो । जस्को फलस्वरुप २०४२ सालमा नेकपा मालेको सम्पर्कमा पुगे र स्वयम्भु क्षेत्रमा टोल सक्रिय दल भन्ने गठन गरी त्यसको सचिव समेत भए ।
२०४६ सालमा नेपाली काँग्रेस र तत्कालिन वामपन्थी पार्टीहरु मिलेर देशमा प्रजातन्त्र पुर्नस्थापनाको आन्दोलन गर्ने निर्णयमा पुगे । यहि बेला हो देश र प्रजातन्त्रको लागि केही गर्ने भन्ने ठानेर यीनी आन्दोलनको अग्रभागमा तत्कालिन पंचायती व्यवस्था विरुद्ध निकै सकृयतापुर्वक लागे । फलस्वरुप देशमा प्रजातन्त्रको पुर्नवाहली भयो र जनता र देशले लामो सास फेरे ।
त्यसपछिका दिनहरुमा पार्टीले दिएको जिम्मेवारीहरुलाइ निकै नै इमान्दरी पुर्वक सम्पन्न गर्दै गए । जस्को फलस्वरुप २०४८ सालमा अहिलेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको युवासंघको केन्द्रिय सचिव भएर काम गर्ने मौका पाए । त्यस बेला काठमाडौँ महानगरपलिाकाको वाडा नं १५ मा २६ बर्षका उमेरमानै अध्यक्ष जिते । उनको कार्यकालमा उक्त वडा महानगरकै नमूना वडाको रुपमा स्थापीत भयो ।
पछिल्लो समय २०६३ साल सम्म युवा संघको केन्द्रिय उपाध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सफलतापूर्वक इमान्दारीताका साथ पुरा गरे ।
जिम्मेवारीहरुलाइ इमान्दारीताका साथ आफ्नो निष्ठामा अडिग रहेर कार्यसम्पादन गर्ने क्षमता भएको देखेरैनै पार्टीका कार्यकर्ताहरुले आठौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रिय सदस्य, तथा नवौँ महाधिवेशनमा उपत्यकाबाट केन्द्रिय सदस्य निर्वाचित गराए र हाल उनी पार्टीको केन्द्रिय कमिटिमा रही आफ्नो कार्यसम्पादन गरिरहेका छन् ।

खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान

जीवनराम श्रेष्ठ राजनीतिक क्षेत्रमा मात्र नभएर नेपाली खेलकुद क्षेत्रमा समेत निकै परिचित र सफल नाम हो । २०५३ सालमा पहिलो पटक राष्ट्रिय खेलकद परिषद्को सदस्य सचिव भएर जाँदा नेपालमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता गर्नुपर्ने चूनौति थियो । तत्कालिन अवस्थामा खेलकुद क्षेत्रमा राजनीतिज्ञ र सरकारको कम चासोको विषय थियो । भौतिक पुर्वाधार लगभग शुन्यकै हालतमा थियो । पंचायत कालमा बनेका केही भौतिक संरचनाहरु जिर्ण भएका थिए, त्यस्तोमा दक्षिण एसियाली स्तरको प्रतियोगिता गर्न लगभग असम्भव जस्तै थियो ।


यस्तोमा यीनलाइ सरकारले जिम्मेवारी दिएर पठायो । शुरुमा केही अन्यौल भएता पनि यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्ने अठोट लिए । त्यसका लागि आवश्यक पर्ने भौतिक संचरनाहरु, दशरथ रंगशालाको स्तरोन्नती, सात दोवाटो खेलकुद कम्पेक्स, लगाएतको निर्माण, जिर्णेद्वार तथा पुर्ननिर्माण गरे । र निकै चूनौतिहरुलाइ पन्छाउँदै दक्षिण एसियाली खेलकुदको सफल आयोजना गरे ।

 
यतिमात्र होईन पछिल्लो पटक ओलम्पिक कमिटीको महासचिव हुँदै अध्यक्षसम्म आईपुग्दा अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाइ चिनाउन यीनको योगदान महत्वपुर्ण रहेको छ । अन्तराष्ट्रिय स्तरमा एक विश्वासिलो र सफल पात्रको रुपमा आफुलाइ उभ्याउन सफल भएका छन् ।

खेलकुद मार्फत शान्ति प्रकृयामा योगदान

जीवनराम श्रेष्ठ यस्ता व्यक्ति हुन, जो राजनीति भन्दा भिन्न क्षेत्रमा रहँदा पनि प्रत्यक्ष रुपमा शान्ति प्रकृयालाइ सफल बनाउन भुमिका खेलेका छन् । माओवादी शान्ति प्रकृयामा आइसकेपछि यीनी दोश्रो पटक राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव भए । सदस्यसचिव भए लगत्तै बर्षौँ देखि रोकिराखेको राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अठोट लिए । जस्को फलस्वरुप पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता काठमाडौँमा आयोजना गर्ने निर्णय भयो ।

 
त्यस बेलासम्म माओवादी शान्ति प्रकृयामा आइसकेको भएतापनि उस्का द्वन्दकालिन संरचनाहरु अस्तित्वमानै थिए । त्यही मध्य एक थियो, पिएलए स्पोर्ट क्लब । माओवादी शान्ति प्रकृयामा आइसकेको तर सरकारसंगको बुझाइमा फरक पर्नाले टुङगोमा नपुगिसकेको तथा अझै के हुने हो भन्ने अन्यौल भइरहेको बेलामा पिएलए स्पोर्ट क्लबलाइ पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन दिने बोल्ड डिसिजन गरे । यसले सरकार र माओवादी विच भइरहेको फरक बुझाइलाइ समाधान गर्न त मद्दत मिल्थ्यो नै आम जनतासंग माओवादी पार्टीको अन्तरघुलनलाइ पनि अझ मद्दत पुर्यायो र शान्ति प्रकृयालाई टुङगोमा पुर्याउन कडीको रुपमा काम गर्यो ।

 
तर यही वोल्ड डिसिजनको कारण त्यसबेला माओवादी र नेपाली सेनामा भने केही खटपटको स्थिती समेत पैदा भयो । माओवादीको पिएलए स्पोर्ट क्लब सहभागी भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बहिष्कार गर्यो । यी सबै बहिष्कारका सुत्रधार थिए, तत्कालिन सेनाध्यक्ष रुकमाङगत कटुवाल । सेनाले खेल बहिष्कार गरेको विषयलाइ समेत जोडेर तत्कालिन प्रधानमन्त्री प्रचण्डले कटुवाललाइ कारवाही गर्न खोज्दा प्रधानमन्त्रीलेनै कुर्सी छोड्नु परेको थियो । जीवनराम श्रेष्ठको वोल्ड डिसिजनको कारणनै तत्कालिन अवस्थामा राजनीतिले नयाँ मोड लिने अवस्था मात्र बनेन कालान्तरमा प्रचण्डले कुर्सीनै छोड्नु परेको थियो ।

“काठमाडौँलाइ व्यविस्थत र नमूना शहर बनाउँछु ।”

काठमाडौँ महानगरपालिका देशकै केन्द्र हो । यहाँ हुने हरेक प्रकारको गतिविधिको चर्चा देशमा मात्र होईन देश बाहिर समेत पुग्ने गर्दछ । यस्तो अवस्थामा यो महानगरको हालत कस्तो छ भन्ने कुरा सबैलाइ अवगत छ । हामीले साना साना कुराको व्यवस्थापन गर्न सकेका छैनौ । काठमाडौँलाइ अहिले ठूलो सपनाको आवश्यक छैन भन्ने यीनको बुझाइ छ ।

हो देशको राजधानीलाइ सपनाको शहर बनाउनु पर्छ भन्ने कुरामा यीनको दुइमत छैन, तर तत्कालिन आवश्यकता के हो भन्ने कुरामा ध्यान दिनु जरुरी भएको ठान्दछन् । त्यसैले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको दावी गरिरहँदा महानगर र महानगरवासीको विकासको लागि यीनको योजना यस्ता रहेका छन् ।


अहिले काठमाडाँैको समस्या भनेको अव्यवस्थित शहर, धुलो, धुँवाको विकराल अवस्था र जथाभावी रुपमा निर्माण भइरहेका संचरनाहरु नै हुन् । त्यसैले अब हुने काठमाडौँको मेयरका लागि साना – साना कुराहरुनै ठूलो समस्याको रुपमा आइरहेको यीनको बुझाइ छ । अहिले काठमाडौँको मेयरका लागि चर्चामा आएका व्यक्तिहरुले महत्वकाक्षीं योजनाहरु मात्रै चर्चामा ल्याईएको तर जनताले दैनिक रुपमा भोग्नु परेको समस्याहरुको बारेमा कुनै ठोस योजना नभएको देख्दा यीनलाइ उदेक लाग्छ ।

जनताले दिनानुदिन भोगिरहेको समस्याहरुसंग साक्षत्कार गरिरहेका यीनले जनता र काठमाडौँको तत्कालिन मध्यकालिन र दीर्घकालिन आवश्यकताहरु के–के हुन सक्छन् भन्ने विषयमा राम्रो जानकारी राखेका छन् ।

 
काठमाडौँमा अहिले भइरहेको धुलो, धुँवा, अव्यवस्थित बाटो, सडकवत्ती, ढल, खानेपानीको समस्या, सामूदायिक विद्यालयको अवस्थालाई तत्काल सम्बोधन गर्नुपर्ने विषय भएको बताउँछन् ।

 
काठमाडौँको धुलोको संकटबाट मुक्ति पाउनको लागि तत्काल खनिएका सडकहरुको निर्माण गर्ने । सडकहरुको स्तोन्नती गरी बटुवाहरुको आवातजावतलाई सहज बनाउने, प्रशासनलाइ भ्रष्ट्रचारमुक्त बनाइ जन उत्तरदायी बनाउने तथा भुकम्पबाट विस्थापीतहरुलाइ एक बर्ष भित्र पुर्नस्थापना गर्ने योजना यीनीसंग छ ।

 
एकीकृत द्धारबाट विकास निर्माणको काम गर्ने नीति अख्तियार गर्ने, सडक निर्माण गर्ने क्रममा बिजुली, टेलिफोन, ढल लगायतका निर्माणका काम एकै साथ गर्ने नीति अवलम्बन गर्न आवश्यक छ भएको अब महानगरले आफ्नो क्षेत्र भित्र काम गर्ने नयाँ शैली विकास गर्ने योजना छ ।

 
त्यस्तै उनले २ बर्ष अगाडी गएको भुकम्पमा क्षति भएका विभिन्न साँस्कृति धरोहर, पुरातात्विक सम्पदा, सार्वजनिक सम्पति लगाएतका विभन्न ऐतिहासिक महत्वका स्थानहरुको पुरानै स्वरुपमा पुर्ननिर्माण गरी त्यसको संरक्षणमा विशेष योजना बनाएका छन् । यति मात्र होइन भुकम्पबाट प्रभावित भएका काठमाडाँैका भित्री ऐतिहासिक स्थल, निजी तथा सार्वजिनक स्थलहरुको पुर्ननिर्माण तथा धरापमा रहेको काठमाडौँका भित्रि वस्तीहरुलाई पुरानै संरचनामा पुर्ननिर्माण गर्ने योजना बनाएका छन् ।
व्यक्तिका घरटहरा समेत महानगरपालिको तर्फबाट विशेष योजना बनाएर पुर्ननिर्माणमा सहयोग गर्ने यीनको योजना छ ।
भुकम्पसंगै भत्किएका मनहरुलाई एक ठाउँमा ल्याइ दिगो विकासको माध्यमबाट काठमाडौँवासीको मुहारमा खुसी ल्याउने, जनताले तिरको कर जनताकै सेवामा प्रयोग गर्ने, यहाँको मौलिक सांस्कृतिक पर्वहरु, जात्रा तथा यहाँको मौलिक नेवारी भाषाको जर्गेना गर्ने गरी योजना बनाएका छन् ।

 
दीर्घकालिन योजना अन्तर्गत देशको राजधानी काठमाडौँलाई देशकै नमूना शहर बनाउने विशेष योजना छ । विशेष गरी काठमाडौलाई स्विजरल्याण्ड, सिंगापुर बनाउने भन्दा पनि हाम्रो आफ्नै मौलिक परम्परा, संस्कृति, सभ्यताले सुसज्जित व्यवस्थित काठमाडौँ बनाउने गरी काम गर्ने योजना छ ।

 
आवासिय, औद्योगिक, व्यवसायिक, कुटनैतिक, सांस्कृतिक, धार्मिक, सार्वजनीक जस्ता क्षेत्रहरुलाई वर्गिकृत गरी योजनाहरु तयार गर्ने जसले गर्दा शहरको व्यवस्थापन, सुरक्षा, कर प्रणाली, यातायातको व्यवस्थापन, प्राकृतिक प्रकोपको प्रधावनकारी व्यवस्थापन, वातावरणीय प्रदुषण नियन्त्रण, फोहरमैलाको दीगो व्यवस्थापन, सामाजिक सुरक्षाको प्रत्याभूती जस्ता कुराहरुमा सहजता आउँछ भन्ने यीनको बुझाइ छ । ठूला ठूला विकास निर्माणका नमूनाहरु काठमाडौँ प्रवेश गर्ने वितिक्कै महशुस हुने गरी गर्ने योजना छ । अहिले काठमाडौँमा खुला ठाउँ, वालवच्चा खेल्ने पार्क, बृद्धबृद्धाहरुको सुस्ताउने स्थानको अभाव छ । जताततै कंक्रिटको जंगल छ । हरियली काठमाडौँ र संग्लो बागमति जनताको सपना भएको छ । जनताको यी सपनालाई पुुरा गर्न यीनको विशेष योजना छ ।

 
सुन्दर र व्यवस्थित काठमाडौँको सपना बोकेको हुनाले जीवनराम श्रेष्ठ नेकपा एमालेको झण्डा मुनी राजनीति गर्ने भएपनि उपत्यकका सबै जनतामाझ लोकप्रिय छन् । अन्य पार्टीमा आस्था राख्ने जनता पनि जीवनराम श्रेष्ठ र उनको योजनालाई विश्वास गर्ने गर्दछन् । कहिल्य पनि जनताको नजरमा नराम्रो छवि नबनाएका श्रेष्ठ काठमाडौँ महानगरपालिकाको मेयरको सबैभन्दा बलियो दावेदार हुन् । उनको विगतको राजनीतिक, प्रशासनिक तथा खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा रहेको प्रभावबाट पनि उनको व्यक्तित्व उच्च रहेको छ । भोली महानगरलाइ आवश्यक पर्ने अन्तराष्ट्रिय सहयोग र सद्भावको लागि पनि उनी जत्तिको बलियो र भरपर्दो उम्मेदवार अरु कोही नहुन सक्छन् ।

प्रस्तुतीः नवराज दुवाडी (९८५११४६७९१)

twitter : @nbibash