Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने

Tuesday, May 30, 2017 National Power

१६ जेठ, काठमाडौं – वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ का लागि आज व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने बताए । वैदेशिक रोजगारीमा गएकाहरुले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।

कामदारले पठाएको विप्रेषणलाई सदुपयोग गर्ने उद्देश्यले उनीहरुलाई सहभागी गराएर ‘रेमिट हाइड्रो’ लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने समेत बजेटमा उल्लेख छ । सीप विकास तालिमलाई प्राथमिकता दिइने, सीप लिएकाहरुलाई आयआर्जनका कार्यक्रम गर्न स्रोत उपलब्ध गराइने, रोजगार र स्वरोजगारका माध्यमबाट रोजगारीमा पहुँच वृद्धि गरिने र सीपमूलक तालिम लिएकाहरुलाई सहुलियत दरमा पुँजी उपलब्ध गराइने बजेटमा उल्लेख छ । बालश्रमिकको अन्त्यका लागि दशवर्षीय गुरुयोजना बनाइने समेत अर्थमन्त्री महराले बताए ।