Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

मोडलिङ भनेको अभिनय कला र क्षमता प्रदर्शन गर्नु हो ( मोडल सुष्मा कार्की )

Saturday, August 19, 2017 National Power

​मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ( मोडल सुष्मा कार्की )

काठमाडौँ – राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ भर्खरै मात्र सम्पन्न नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ मा बेष्ट हेयर र मस्ट डिसिप्लिनको अवार्ड जित्न सफल नब मोडल सुष्मा कार्की पनि त्यस्तै त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी  सुष्मा अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन नृत्य र अभिनयमा पोख्त सुष्मा सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो  उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन 

सुष्मा बाल्यकाल देखिनै काठमाडौँमा बस्दै अनि अध्यन गर्दै आफ्नो भबिष्य कोर्दै अगाडी बढेकी कार्की भर्खर १८ औ बसन्तमा प्रवेश गरेकी छिन हेर्दा पनि आकर्षण छिन, हासी रहने शालीन स्वभाबकि मोडेल सुष्मा यदि कसै बाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन सानै उमेर देखि नृत्यमा रुचि राख्ने सुष्मा अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन  शुष्मा भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनि भन्छिन ” मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलता को शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन। ” 

_ surya chand