Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

मसिनाको लेकमुनी…..

Tuesday, September 12, 2017 National Power

मसिनाको लेकमुनी.....

सिनाको लेकमुनी मेरो सानो गाउँ छ
मकै गहुँ तोरी फल्ने हेरिरहुँ लाऊछ ।

सुपादेरालीको मन्दिर छ हाम्रै ठाँउमा
दर्शन गर्न भक्तजन आउँछन यसै ठाउँमा ।

देवीको दर्शनगरे मनको इच्छा पूरा हुन्छ
यो ठाउँको सुन्दरताले जो कसैको मन छुन्छ ।

कोइलीचरी वनमा मीठो गीत गाउँछ 
मलाइपनी कोइली सँगै नाच‌ा‌ैँ नाचौँ लाउछ ।

नरपानीमा चिसो हावा चल्छ जैले पनि
हरियाली बोट्बिरुवा प्रकृतिको खानी ।

सेङलेङको डाडाँमा सल्ला सुसाउदा झन्
स्वर्ग भन्नी यहिहोला भन्छ मेरो यो मन ।

वारि हेर्यो सीता खोला पारी बाँणगंगा
ठाडा दह हेर्दा खेरी सबै हुन्छन दंग ।

-Motiraj khanal