Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४ जनाको मृत्यु

Thursday, September 14, 2017 National Power

२९ भदौ, – मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा विद्यार्थी र शिक्षक गरी २४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । बिहीबार बिहानै विद्यालयमा आगलागी भएको हो । आगलागी भएपछि विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षक फसेकाले उनीहरुको ज्यान गएको अनुमान गरिएको छ । छात्रबासको झ्यालमा फलामको ग्रिल रहेकाले उनीहरु भाग्न नसकेको अनुमान छ । मलेसियाको उद्धार कमिटिका निर्देशक खिरुद्दिन दुहराम्यानले पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो विपद रहेको बताएको छ । घटनामा ज्यान गुमाउनेमा २२ जना विद्यार्थी रहेका छन् । ज्यान गुमाउने सबै १३ देखि १७ वर्षसम्मका छात्र रहेका छन् । यस्तै दुईजना शिक्षकको पनि ज्यान गएको छ । अहिले उद्धारको काम भइरहेको छ ।