Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर

Tuesday, October 17, 2017 National Power

३१ असोज,म्याग्दी –    बेनी अस्पतालमा दैनिक हुने फोहरको उचित व्यवस्थापनमा जर्मनबाट आएका दुई मेडिकल इन्जिनियरले सघाइरहेका छन् । करिब तीन साता अगाडि नेपाल आएका जर्मनको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सिमिलियनल र एन्टोनियाले अस्पतालभित्र दैनिक संकलन गरिने फोहरको वर्गीकरण र विसर्जनको विधिसहित अन्तर्राष्ट्रिय मापदण्डको फोहर विसर्जनका लागि इन्सिनेटर प्रविधि जडान गरेका छन् ।

जर्मनको एक गैरसरकारी संस्था र बेनी अस्पतालको संयुक्त लगानीमा जर्मन र भारतमा निर्मित सो प्रविधि उपयोगमा ल्याउनुका साथै अस्पतालभित्र जलाउन मिल्ने र नमिल्ने फोहरको वर्गीकरण र विसर्जन गर्ने तरिका, फोहर संकलन गर्दा अपनाउनुपर्ने विधिलगायतका विषयमा चिकित्सक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई तालीमसमेत दिइएको अस्पताल प्रमुख डा रोशन न्यौपानेले बताउनुभयो ।

अस्पतालमा गुणस्तरीय सेवासँगै सफा र सुन्दर बनाउने अभियानमा चिकित्सक समेत मासिकरूपमा सरसफाइ अभियानमा संलग्न भएपनि र विभिन्न संघसंस्थाबाट समेत सहयोग भएपनि व्यवस्थापनमा देखिएको समस्याले दिगो हुन नसकेको अवस्थामा इन्सिनेटर प्रविधिको प्रयोगले सहज बनाएको सम्बद्ध चिकित्सकको भनाइ छ ।