Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बाह्रौँ क्वीक्स ग्रिनल्याण्ड अन्तर विद्यालय हुदै

Saturday, August 12, 2017 National Power

नेशनल पावर न्यूज – टोखा न.पा.—८, थापासीमा अवस्थित ग्रिनल्याण्ड स्कुलको आयोजनामा बाह्रौ अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता यही श्रावण २७ गतेदेखि भाद्र ३ गतेसम्म सम्पन्न हुने कुरा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । २०६२ सालदेखि शुरू भएको उक्त प्रतियोगिताको १२औँ संस्करणमा जुनियरतर्फ २४ विद्यालय र सिनियरतर्फ १६ विद्यालयको सहभागिता रहेको कुरा कार्यक्रम संयोजक तथा बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेले बताउनु भएको छ ।

नेपाल बास्केटबल संघका रेफ्री संयोजक निरन्जन सत्यालका अनुसार जुनियरतर्फ सहभागी २४ वटा विद्यालयलार्इ ८ समूहमा विभाजन गरी प्रत्येक समूहको विजेता र उपविजेता १६ टिम प्रिक्वाटर र ८ टिम क्वाटरफाइनल र ४ टिमले सेमिफाइनल हुदै विजेता, उपविजेता र सेमिफाइनलमा जाने छ भने पराजित टिमले तेस्रो स्थानको लागि भिडन्त हुने कुरा जानकारी गराउनु भएको थियो । सिनियर टिमका १६ विद्यालयबीच पनि चार समूहमा विभाजन गरी समूह विजेता र उपविजेता गरी ८ टिमका बीच क्वाटर फाइनल र ४ टिमका बीच सेमिफाइनल हुदै विजेता र उपविजेता तय गरिने छ । बास्केटबल संघको प्राविधिक सहयोग सञ्चालित उक्त प्रतियोगिता मिनि बास्केटबलको नियमानुसार जुनियरतर्फ ५ नं।को बल खेलाइने छ भने सिनियरका खेलहरू ८ मिनेटका चार क्वाटरका खेल खेलाइने कुरा जानकारी गराउनु भएको थियो ।

“खेल श्वास्थ्यका लागि र खेलाडी राष्ट्रका लागि” भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिताले नवप्रतिभाको पहिचान गराउने छ भन्दै श्वस्थ जीवनको लागि उमेर समूहमा खेलकुद अति आवश्य रहेको कुरा विद्यालयका सह—प्राचार्य विनोद घिमिरेज्यूले बताउनु भएको थियो ।

चौधरी ग्रुपको क्वीक्स चीजबल मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको लागत २ लाख ५० हजार हुने कुरा विद्यालयका प्राचार्य तथा प्याब्सन उपत्यका प्रदेश प्रमुखले बताउनु भएको थियो ।

प्रथम, दास्रो र तृतीय स्थान ल्याउन सफल विद्यालयलार्इ शिल्ड,मेडल र प्रमाण पत्रले पुरस्कृत गरिने छ । उच्चस्कोर कर्ता, उत्कृष्ट खेलाडी र बेष्ट थ्री पोइन्टर गरी तीन विधामा पुरस्कृत गरिने छ । खेदकुदको माध्यमले विद्यालय बीच भाइचारको बृध्दि र खेलाडीलार्इ अवसर तथा राष्ट्रलार्इ खेलकुदमार्फत र्इमान्दार र अनुशाशित नागरिक उत्पादन गर्ने विश्वास विद्यालयका प्राचार्य थकिन कुमार गुरूङले बताउनु भएको छ । गत वर्ष जुनियर समूहमा ओडिसी स्कुल,बसुन्धारा र सिनियर समूहमा एचएचसिए स्कुल, बुढानिलकण्ठ विजेता रहेका थिए ।

 

-RAJAN THAPA