Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

फुटबल रंगशालमा भागदौड हुदा २ जनाको मृत्यु १७ घाइते

Sunday, July 30, 2017 National Power

१५ साउन – दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा कम्तिमा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिएको फुटबल अधिकारीले बताएका छन् । काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको गेटमा धकेलाधकेल हुँदा दुईजनाको ज्यान गएको हो । प्रि–सिजन कप अन्तर्गतको खेल घटनापछि पनि भएको थियो । रंगशालको गेट खोलेपछि अवस्था नियन्त्रणमा आएको खेल पदाधिकारीले बताएका छन् । खेल काइजर चिफ्सले १–० ले जितेको र टेलिभिजन लाइभ कभरेजको क्रममा खेलमा भागदौडले असर गरेको नदेखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।