Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दो

Friday, April 28, 2017 National Power

१५ बैशाख, पाल्पा – पाल्पा जिल्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दो रहेको पाइएको छ। यस आर्थिक वर्षको साउनदेखि हालसम्म एक सय ६९ जनाले स्थायी बन्ध्याकरण गरेको पाइएको छ जसमा महिला एकसय २१ र पुरुष ४८ रहेका छन्।

मानिसमा शिक्षा र चेतनाको विकास हुँदै गएपछि पछिल्लो समय स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या बढ्दो रहेको हो। आव २०७१/७२ मा दुईसय छ महिला र ९४ पुरुष गरी जम्मा तीन सयले स्थायी बन्ध्याकरण गरेका छन् भने आव २०७२/७३ मा एकसय ४४ महिला र एक सय ३९ पुरुष गरी जम्मा दुईसय ८३ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए।

नेपालकै तुलनामा पाल्पामा परिवार नियोजनको अवस्था राम्रो रहेको र यहाँ स्थायी र अस्थायी दुवै परिवार नियोजनका साधन प्रयोग गर्ने महिला पुरुषको उल्लेख्य सङ्ख्या दिन प्रतिदिन बढ्दो रहेको ज्ञवालीले जानकारी दिए।

आव ०७२/७३ मा पिल्स प्रयोग गर्ने महिलाको सङ्ख्या सात हजार आठ सय ५५, डिपो प्रयोग गर्ने महिलाको सङ्ख्या चारहजार एकसय ९०, आइयुसिडी प्रयोग
गर्ने महिलाको सङ्ख्या दुईहजार तीनसय ६४, इम्प्लान्ट प्रयोग गर्नेको सङ्ख्या एकहजार सातसय ९१ रहेको छ।

यस आवमा हालसम्म पिल्स प्रयोग गर्ने दुईहजार ४८, डिपो प्रयोग गर्ने तीन हजार ५३, आइयुसिडी प्रयोग गर्ने दुईहजार तीनसय ८२, इम्प्लान्ट प्रयोग गर्नेको सङ्ख्या दुई हजार ९२ रहेको छ ।