Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

तीज गीत भद्र र शालिन हुनुपर्छ : गीतकार बम्जन

Sunday, July 30, 2017 National Power

१५ साउन, काठमाडौ  – नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसर पारेर तीजका गीत निकाल्ने एक किसिमले होडवाजी नै केही बर्षयता चलेको पाइन्छ। त्यो होडवाजीमा तीज जस्तो पवित्र पर्वका गीतहरुमा पनि व्यापक अश्लिलताले छाएको सुनिन्छ। चर्चा तथा नामका लागि जथाभावी अश्लिल तथा छाडा तीज गीत गाउने गायक–गायिकाहरुलाई थप्पड हान्नुपर्ने वरिष्ठ गीतकार भरत बमजनको भनाई रहेको छ।

रेडियो नेपालको बरिष्ठ संचारकर्मी समेत रहेका गीतकार बमजन तीज गीतका नामका ती छाडा गीतहरुले नेपाली परम्परा तथा मान्यतालाई तोड्दै ल्याएको खुलासा गर्छन्। त्यस प्रवृतिलाई सर्जकहरुले बहिष्कार गर्नुपर्ने तथा शालिन अनि भद्र तीज गीत रचना गर्नुपर्ने जिकिर गीतकार बमजनको रहेको छ।

सोही अनुरुप यो बर्षको तीज पर्वको अवसर पारेर गीतकार भरत बमजनले घुमीफिरी तीज आयो बोलको गीत बजारमा ल्याएका छन्। अत्यन्त शालिन तथा भद्र अनि परिवारको साथमा बसेर सुन्दा पनि रमाइलो लाग्ने भाकामा गीत तयार भएको गीतकार बमजनको दावी रहेको छ।

संगीत सर्जक पूर्ण श्री परियारको संगीत तथा गायिका पशुपति ताम्राकारको गायन रहेको यो तीज गीतमा गीतकार बमजनले नेपाली चेलीको मर्म तथा भावनालाई मार्मिक तवरवाट चित्रण गर्ने प्रयास भएको छ।

दुई बर्षअघि आवर्तन एल्वम मार्फत नेपाली सांगीतिक दुनियाँमा छाएकी गायिका पशुपति ताम्राकार भारतको जयपुर बस्दैआएकी छन्। अव उप्रान्त नेपालमा नै बसेर नेपाली गीत–संगीतको श्रीबृद्धिको लागि आफू कम्मर कसेर लाग्ने जानकारी गायिका ताम्राकारले दिएकी छन्।

वरिष्ठ गीतकार बमजनको भाकामा तीज गीत गाउंदा आफुलाई अत्यन्तै रमाइलो लागेको र पहिलो पल्ट आफूले तीजको गायको पनि ताम्राकारले हामीलाई वताईन् ।