Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

डा. केसी फेरी अनसनमा

Monday, September 25, 2017 National Power

९ असोज, काठमाडौँ – प्रा. डा. गोविन्द केसीले आजदेखि फेरि आमरण अनशन सुरु गरेका छन्।

चिकित्सा शिक्षा विधेयक गुपचुप गरी पारित गर्न लागिएको भन्दै केसीले आमरण अनशन सुरु गरेका हुन्।

यसअघि केसीले असोज २० गतेदेखि अनसन बस्ने चेतावनी दिएका थिए। तर, संसदमा विचाराधीन विधेयक गुपचुप गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले आजैदेखि अनशन थालेका हुन्।

केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी सरकार आफूले राखेका माग पूरा गर्नुको साटो घुमाउरो पारामा विधेयक पारित गर्न लागेकाले अनशन बस्न बाध्य भएको बताए। केसीले माथेमा आयोगको प्रतिवेदन हुबहु पारित हुनुपर्ने, आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कालाई कारवाही गर्नुपर्ने माग पनि अघि सारेका छन्।

यसअघि केसीले २३ औं दिनमा अनशन स्थगित गरेका थिए। केसीको यो १२ औं अनशन हो।