Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा एक सय भन्दा बढी मानिस बेपत्ता

Saturday, June 24, 2017 National Power

१० असार – चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा एक सय भन्दा बढी मानिस बेपत्ता भएका छन् । पहाड खसेर गएको पहिरोमा सिनमो गाउँका झण्डै ४० घर पुरिएको स्थानीय अधिकारीले उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । उद्धार तथा बेपत्ताको खोजी भइरहेको छ । पहिलोपछिको तस्बिरमा गाउँ पूरै पुरिएको देखिएको छ । पहिरोले नदीको साढे दुई किलोमिटर क्षेत्र थुनेको छ ।