Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

एक समाजसेवीकाे वागीले तेह्रथुम काँग्रेसलाइ झड्का

Thursday, June 8, 2017 National Power

२५ जेठ, तेह्रथुम – स्थानीय तह अन्तर्गत दोश्रो चरणको निर्वाचन आउँदै गर्दा राजनीतिक दलहरु उम्मेद्वार छनौटमा व्यस्त भएका छन् । विभिन्न स्थानीय तहहरुमा दललहरुले प्रतिष्पर्धी दलहरुको तुलनामा योग्य र क्षमतावान उम्मेद्वारहरु छनौट गर्नुपर्ने छ र गरिरहेका पनि छन् ।
तर तेह्रथुमको फेदाप गाउँपालिकामा भने नेपाली काँग्रेसले जित्ने र लोकप्रिय उम्मेद्वार भन्दा पनि पैसाको बलमा उम्मेद्वार छनौट गरेको आरोप स्थानीय काँग्रेस कार्यकर्ताहरुले नै लगाउने गरेका छन् । जस्को फलस्वरुप उक्त गाउँपालिकामा स्थानीय नेता तथा कार्यकर्ताले नै वागी उम्मेद्वार खडा गर्ने तयारी गरेका छन् ।

साविकको इसिबु गाविसका पुर्व गाविस अध्यक्ष समेत रहेका महेन्द्र कुमार फोम्बोलाइ बागी उम्मेद्वारको रुपमा प्रस्तुत गरी स्थानीयहरुले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । पार्टीले छानेको उम्मेद्वारलाइ सहयोग नगरी किन पार्टीको निर्णय विपरीत जाने तरखरमा हुनुहुन्छ भनी प्रश्न गर्दा स्थानीय नेता तथा कार्यकर्ताहरुको तर्क छ, जित्ने र सबैले मानेको उम्मेद्वारलाई पार्टीले टिकन नदिइ पैसा प्रलोभनमा परी जिल्ला नेतृत्वले उम्मेद्वार छनौट गरेकोले त्यसको निर्णय विरुद्ध लड्न र पार्टीमा योगदान दिएका इमान्दार नेता कार्यकर्ताहरुको लागि पार्टी निर्णय विरुद्ध जानु परेको बताए ।

के भएको थियो उम्मेद्वार छनौटको क्रममा
जिल्लाले विभिन्न जिल्ला स्थित स्थानीय तहको उम्मेद्वार छनौटको लागि वैठक बोलाएको तर वैठकमा छलफलनै नगरी उम्मेद्वार छनौटकको लागि केन्द्रमा पठाउने निर्णय गरेर जिल्ला नेतृत्वले माइन्युटिगं गरी आएपछि भेला भएका नेता तथा कार्यकर्ताले माइन्युट च्यातेका थिए । छलफलनै नभएको विषयमा विवाद भएको भनी जिल्ला नेतृत्वले उम्मेद्वार छनौटको जिम्मा केन्द्रमा पठाउने निर्णय गरेर पैसाको प्रलोभनमा परी केन्द्रमा पहुँच भएका व्यक्तिको नाम प्राथमिकतामा राखी पठाएपछि चलखेल भएका भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताले माइन्युट च्यातेका थिए ।

को हुन फोम्बो
भारतीय सेनामा कार्यरत रहँदै २०४९ सालमा पार्टीले विशेष आग्रह गरेपछि तेह्रथुमको इसिबु गाविसका अध्यक्षका उम्मेद्वार रहेका उनले भारी मतले विपक्षीलाइृ पराजित गरी अध्यक्षमा निर्वाचित भएका थिए ।
हजुरबुवाको पालादेखिनै मुक्तिसेनामा रहेर नेपाली काँग्रेसको राजनीति गरेको इतिहास फोम्बो परिवारसंग छ । हजुरवुवा र वुवाले नेपाली काँग्रेस मार्फत नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिएका फोम्बोभारतीय सेनामा जागिर खानु भन्दा अघि देखीनै नेपाली काँग्रेसमा सकृय थिए । तत्कालिन नेता विपि कोइराला देखी, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराइ समेतले फोम्बोको घरमा सेल्टर लिएको इतिहास छ ।

तर घरको आर्थिक अवस्थाका कारण उनी २०२२ सालमा भारतीय सेनामा जागिर खाए । भारतीय सेनामा हुँदा समेत उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र यसका सहयोद्धाहरुसंग कहिले पनि टाढिएनन् । बरु तत्कालिन नेता गिरिजा प्रसाद कोइरालाले समेत उनको खोजी गर्दै थिए । यहि अवस्थमा आफ्नो जागिर १ बर्ष बाँकी हुँदै २०४९ सालमा भएको स्थानीय निकायको चुनावमा गाविस अध्यक्ष लागि उनलाइ नेपाली काँग्रेसले आग्रह गर्यो र आफ्नो एक बर्षको जागिर छँदै उक्त समयमा तेह्रथुम गाविसको तत्कालिन इसिबु गाविसमा अध्यक्ष समेत जिते । लगत्तै उनले भुपु सैनिकसंघको जिल्ला अध्यक्ष भएर पनि ५ बर्ष काम गरे ।
२०५२ सालमा सुरु भएको माओवादी जनयुद्धको समयमा सबैजना गाउँ छोडेर भागे, तर उनले उक्त समयमा पनि काँग्रेसनै भएर गाउँको सेवा गरीरहे । माओवादीले तत्कालिन अवस्थामा उनलाइ धम्क्यायो, मार्न खोज्यो तर उनको इमान्दारीता, समाजसेवी चरित्र, निष्ठाप्रतिको अविचलनले माओवादी समेत उनीसंग नतमस्तक भयो र आज उनी उक्त गाउँको प्रिय नेता भएका छन् ।
महेन्द्र फोम्बो नेपाली काँग्रेसको झण्डामुनी राजनीति गर्ने भएपनि उक्त गाउँपालिकाका उनी सबैका प्रिय व्यक्ति हुन् । के काँग्रेस, के एमाले, के माओवादी सबैले उनलाइ अविभावक सरह ठान्दछन् । यसरी गाउँले माझ प्रिय हुनुमा उनको समाजसेवी भावनाले पनि काम गरेको छ ।

तत्कालिन इसिबु गाविसकाे अध्यक्ष भए लागतै लोकप्रिय काम गर्दै गाएका उनले गाउँमा सबैको मन मात्र जितेनन सबैको साझा नेता रहेको स्थानीय एमाले समार्थितको भनाइ छ । नाम उल्लेख नगर्न भन्दै उनले यदि फोम्बो उम्मेद्वार रहेको खण्डमा पार्टी नहेरीकन उनलाई समर्थन गर्ने भन्दै उनले आफुमात्रै नभइ एमालेका अरु कार्यकर्ता तथा माओवादी र संघीय समाजवादी फोरमका भोटरहरुले पनि फोम्बोलाइ मत दिने दावी गरे ।