Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

अमेरिकालाई तर्साउने प्रक्रिया जारी राखेमा नराम्रो होला : ट्रम्प

Saturday, August 12, 2017 National Power

२८ साउन, अमेरिका –  उत्तर कोरियासँगको विकल्प ‘तयारी अवस्थामा वन्द’ रहेको हतियार भएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

ट्रम्पले उत्तर कोरियाको हतियार दम्भप्रति इङगित गर्दै र उत्तर कोरिया बुद्धिमान् भएर प्रस्तुत नभए यसको समाधान ठाउँमा पूर्णतया ‘बन्द तर तयारी’ अवस्थामा रहेको बताउनुहुदै नेता किम जोङ उनले युद्धको नभै अर्को बाटो लिने विश्वास आफ्नो ट्वीट सन्देशमा जनाउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाली आणविक तथा ब्यालेष्टिक क्षेप्यास्त्र कार्यक्रमका बिषयमा व्यक्त लडाईका शब्द र उत्तर कोरियाद्वारा निरन्तर गर्दै आएका हतियार परीक्षण दुवै काम गलत भएका भन्दै बेइजिङले रिसमा दिइएका अभिव्यक्तिलाई शान्त पार्न उनीहरूलाई आग्रह गरेको छ ।

एक दिन पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले प्योङयाङविरुद्ध कडा चेतावनी दिँदै अमेरिकालाई तर्साउने प्रक्रिया जारी राखेमा उसले नराम्रो प्रतिफल पाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले आफ्ना कुरा अझै कडा नभएको भन्दै थप कडा भएर प्रस्तुत हुने बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपतिले उत्तर कोरियालाई अमेरिकी माटोमामाथि आक्रमण गर्नुपूर्र्व ‘धेरै धेरै संवेदनशील’ भएर सोच्न आग्रह गर्नुभएको थियो । उत्तर कोरियामाथि थप आर्थिक प्रतिवन्द लगाउने अमेरिकी प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पासभएपछि र राष्ट्रसङ्घले आर्थिक प्रतिवन्धलाई कडा पारेपछि थप रुष्ट देखिएको छ ।

यही बर्षको जुलाईमा उत्तर कोरियाले लगातार दुई अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङ्याङ र अमेरिकाबीच तनाव चुलिउको छ ।
– एजेन्सी