Monday 25th September 2017

    डा. केसी फेरी अनसनमा    दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए    दशैंका अवसरमा २१ कैदीलाई माफी     सखिया नाचले गाउँघर गुञ्जयमान,थारु गाउँमा दशैँको रमझम    दुइ मन्त्रीको जागिर धरापमा

उत्तर प्रदेशमा रेल दुर्घटना, २१ जनाको मृत्यु


४ भदौ – भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ भने अन्य ८५ जना घाइते भएका छन् । पुरीबाट हरिद्वारका लागि छुटेको कलिंग उत्कल एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । रेलका १३ वटा डिब्बा शनिबार बेलुका लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफ्फरनगरका सरकारी अधिकारीले बताएका छन् । घाइते सबैको सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।

रेलका अरु झण्डै दुई हजार यात्रुलाई बसमार्फत गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।