Sunday 19th November 2017

    “कन्या भ्रुण हत्या किन : कवि नवु सत्याल    समानुपातिक को ३३० सीटका लागि बन्दसूचीमा ४९ दलका ६ हजार ९४ जना    अनाथवालवालिकाको सहयोगका लागि नायक भट्राई कतार तिर    निर्वाचनमा यस्ता छन् चुनाव चिह्न    कलंकी क्षेत्रमा बाहिर खाजाघरको बोर्ड भित्र ग्राहकको यौनप्यास : एक जना ग्राहक बराबर १० हजार

उत्तरको शङ्कास्पद क्रियाकलाप देखिँदैन– द. कोरिया


२६ साउन,सोल  दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ । २६ साउन,सोल  दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ ।


पछिल्लो समयमा उत्तर कोरियाले फेरि पनि अर्को आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिणले निगरानी गरिरहेको जनाएको छ ।
दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा भनेको छ– हामीले सीमा क्षेत्र र सामुद्रिक क्षेत्रमा पनि निगरानी गरेका छौँ, उताबाट त्यस्तो कुनै उत्तेजक क्रियाकलाप भएको देखिँदैन ।
सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका यी दुई देशबीच सत्रुतापूर्ण सम्बन्ध रही आएको छ । यी दुवै देशका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट प्रस्ताव आएको भए पनि उत्तरले मानेको छैन ।
सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच कुनै वार्ता र दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन भएको छैन । उत्तरले भने छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिने गरेको छ ।
कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् ।
पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि वार्ता र त्यसपछि पारिवारिक पुनर्मिलनको कार्यक्रम राखिएको भए पनि सो प्रस्तावको कुनै जवाफ उत्तरले दिएको छैन । एजेन्सी