Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

“आफ्नै खल्तीबाट राष्ट्रिय खेलको संघ चलाइरहेका छौँ” – मनोरञ्जन रमण शर्मा


मनोरञ्जन रमण शर्मा

अध्यक्ष,  राष्ट्रिय भलिवल संघ

प्रचण्ड सरकारले केही समय अघि भलिबललाइ नेपालको राष्ट्रिय खेलको मान्यता दियो । राष्ट्रिय खेलको लागि भलिबलसंगै तेक्वान्दो र कबड्डीले पनि दावी गरेका थिए । मन्त्री परिषद्मा २०७१ सालमै गएको प्रस्तावमा करिब २ बर्षपछि निर्णय गर्दै सरकारले भलिबललाइ राष्ट्रिय खेलको मान्यता दिएको हो । त्यसका लागि तत्कालिन खेलकुद मन्त्री दलजित श्रिपाइली र खेलकुद मन्त्रालयमा सचिव देखी कर्मचारीहरु सबैको सकारात्मक सहयोग रेहेका थियो । तर राष्ट्रिय खेलको मान्यता पाएपनि भलिबलसंघ अझै पनि पदाधिकारीहरुको खल्तीबाट चलाउनु परेको गुनासो पदाधिकारीहरुको छ ।

दिनरात लगाएर आफुले गरेको प्रयास सफल भएपछि निकै हर्षित देखिएका नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मासंग भलिबल खेलले राष्ट्रिय खेलको रुपमा पाएको सफलता र अबको योजनाबारे गरिएको कुराकानी ।

लामो प्रयास पछि भलिबलले राष्ट्रिय खेलको मान्यता पायो, व्यक्तिगत रुपमा र संघको अध्यक्षको हैसियतमा कस्तो लागिरहेको छ ?
पक्कै पनि लामो प्रयास र अथक मेहनतको परिणाम भन्छु म । मलाई व्यक्तिगत रुपमा जती खुसी मिलेको छ, त्यो भन्दा बढी संघको अध्यक्षको हैसियतमा मिलेको छ । यो हामी सबैको मिहेनतको फल हो । यसमा संघको अध्यक्षको हैसियतले मैले लिड गरेको भएपनि हामी सबै पदाधिकारीहरुको उत्तिकै प्रयास र मेहनत परेको छ ।

नेपालको सम्पूर्ण भुभागमा खेल्न सकिने एउटा लोकप्रिय खेललाइ आज राष्ट्रिय खेललको मान्यता दिलाउन सक्दा अब भलिबलमै लागेर केही गर्छु भन्नेहरुलाइ पनि प्रोत्साहन गरेको छ । यसको लागि म नेपाल सरकार र तत्कालिन खेलकुद मन्त्री दलजित श्रिपाइली र खेलकुद मन्त्रालयका सबै पदाधिकारीहरुलाइ धन्यवाद दिन चाहन्छु ।

भलिबल संगै तेक्वान्दो र कबड्डीले पनि राष्ट्रिय खेलको मान्यताको लागि प्रयास गरेका थिए । भलिबलले नै कसरी राष्ट्रिय खेलको मान्यता पायो त ?
पक्कै पनि सबै खेलले राष्ट्रिय खेलको मान्यताको लागि प्रयास गरेका थिए । नेपालमा खेलिने सबै खेलले त्यसको लागि प्रयास गर्नु अस्वाभाविक होइन । तर खेलकुद मन्त्रालय र मन्त्रीजीले जुन विवेक पु¥याएर निर्णय गर्नुभयो त्यो निकै सह्रानीय छ ।
पहिला डन्डीवियोलाइ राष्ट्रिय खेल भनिन्थ्यो, तर त्यो कतै निर्णय भएर भनिएको होइन । राष्ट्रिय खेल के हो भन्दा यत्तिकै डन्डीवियो भनिएको रहेछ । कुनै निर्णय भएको होइन ।

अब कबड्डी भारतको राष्ट्रिय खेल हो, भने तेक्वान्दो पनि अन्य देशको राष्ट्रिय खेल भएको हुँदा र नेपालमा सहज रुपमा जता पनि खेल्न सकिने लोकप्रिय खेल भलिबल भएकोले मन्त्रालयले निकै बुद्धी पु¥याएर भलिबललाइ राष्ट्रिय खेलको मान्यता दिएको हो, जस्तो मलाइ लाग्छ ।

यो २ बर्षको विचमा संघको तर्फबाट चाँही भलिबललाइ राष्ट्रिय खेलको मान्यता दिन के कस्तो प्रयासहरु भए ?
यो दुइ बर्षको विचमा हामीले निकै मेहनत ग¥यौँ । मन्त्रालयमा पदाधिकारी देखी मन्त्री तथा अन्य खेल पदाधिकारीहरुसंग हामीले बारम्बर वैठकहरु राख्यौँ । यो खेलको महत्व बुझायौँ, नेपालको भौगौलिक बनावट अनुसार उपयुक्त खेल हो भनेर सम्झाउने कोसिस ग¥यौँ । त्यतीमात्रै होईन नेपालमा अहिले पनि सबैभन्दा लोकप्रिय खेल हो भने नेपालको जुनसुकै भुभागमा खेल्न सकिने खेल पनि हो भनेर बुझाउने कोसिस ग¥यौँ भने यो खेललाइ राष्ट्रिय खेल बनाउनु पर्छ भन्ने माग सहित हस्ताक्षर अभियान चलायौँ, करिब १० हजार जनाको हस्ताक्षर मन्त्रालयमा बुझायौँ । यसरी विभिन्न प्रयासले अन्ततः हामी सफल भयौँ ।

अब त खेलले राष्ट्रिय खेलको मान्यता पनि पायो, राखेप र मन्त्रालयबाट पनि पक्कै पनि विशेष सहयोग होला, एउटा राष्ट्रिय खेलको उचाइ र गरिमा बढाउन तथा यसलाइ अझै व्यापक बनाउन संघसंग के कस्तो कार्ययोजना छ ?
राष्ट्रिय खेलको मान्यता पाइसकेपछि हामील मन्त्रालय र राखेपबाट पनि विशेष सहयोगको अपेक्षा राखेका छौँ र मन्त्रालय र राखेप पनि यसमा निकै सकारात्मक छ । आगामी बर्षमाहरु हरेक जिल्ला क्षेत्र, क्लबहरुलाइ प्राथमिकता दिएर कार्ययोजना बनाएका छौँ । त्यसको लागि गाउँसम्म रहेका संघहरुलाइ स्वायत्तता प्रदान गरी आफ्नोे गतिविधि अगाडि बढाउन दिने योजना बनाएका छौँ । अब अन्य बर्षहरुको तुलनामा भलिबलका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु बढाउँदै लैजाने सोच बनाएका छौँ ।

अहिले पनि हाम्रो गाउँघरमा भलिबल खेल त हुने गरेको छ, तर संस्थागत रुपमा जिल्ला, क्षेत्र र गाउँस्तरमा पुग्न भलिबल संघले के गरिरहेको छ ?
एकदम सही ठाउँमा प्रश्न गर्नुभयो । हामीले अहिले प्रकृया पु¥याएर आएका जति पनि जिल्ला, क्षेत्र, गाउँ स्तरका संघहरुछन् उनीहरुलाइ मान्यता दिने गरेका छौँ, किनकी खेललाइ संस्थागत रुपमा पनि व्यापक बनाउनु छ । तर उहाँहरुले आफुलाइ मन लागेको बेलामा भन्दा पनि क्यालेन्डर नै बनाएर लैजानु पर्नेछ । हरेक क्षेत्रका संघहरुले खेलाडी उत्पादनको लक्ष्य लिएर आफ्नोे कार्यक्रमहरु बनाउनु पर्दछ । यिनै लक्ष्य अनुरुप हामीले स्कुल भलिबल समिति भनेर हरेक स्कुलमा गठन गर्दैछौँ । विभिन्न अवसर पारेर भलिबल खेलको आयोजना मात्रै गर्दैन खेलाडीको उत्पादन पनि गर्छ । त्यसैले अब सबै अधिकार तल्लो तहमा दिएर खेललाइ माथि उकास्ने कोसिस गरेका छौँ ।
यसविचमा हामीले विच भलिबलसंघ पनि गठन गरेका छौँ ।

अन्तराष्ट्रिय स्तरमा हामीले भलिबलमा खासै सफलता हासिल गर्न सकेका छैनौँ, अब अन्तराष्ट्रिय स्तरमा हाम्रो गर्विलो उपस्थिती देखाउन सक्ने बनाउन संघले के गरिरहको छ ?
हो हामीले अन्तराष्ट्रिय स्तरमा सफलता पाउन सकेका छैनौ । केही समय अगाडि हाम्रो राष्ट्रिय टिमले सेन्ट्रल जोन भलिबल प्रतियोगिता कास्य पदक जितेको थियो । त्यो नै हाम्रो राष्ट्रिय टिमलले पाएको सबैभन्दा ठूलो सफलता हो । यो हिसाबले अहिले हामी विश्वस्तरमा धेरै तल छौँ ।

जहाँ सम्म अबका दिनहरुमा अन्तराष्ट्रिय स्तरमा हाम्रो उपस्थितीको कुरा छ, हामीले अबको दुइ बर्ष भित्रमा सार्क गेममा गोल्ड मेडल ल्याउन सक्ने गरी योजना बनाउँदै छौँ भने एसियन गेममा गर्विलो उपस्थितीको लागि प्रयासरत छौँ । त्यसको लागि पछिल्लो समय हामी नेदरल्याण्डको भ्रमण गरेका थियौँ भने भलिबलको अन्तराष्ट्रिय महासंघ एफआइभिबीको पनि भ्रमण गरेका थियौँ । भ्रमणका क्रममा हामीले हाम्रो कुरा स्पष्टसंग राख्यौँ र सहयोगको लागि अपिल पनि ग¥यौँ । जस्को फलस्वरुप विश्वकै उत्कृष्ट भलिबल प्रशिक्षक अबको केही महिनामा नेपाल आउँदै हुनुहुन्छ । उहाँले पहिलो चरणको भ्रमणमा राष्ट्रिय टिमलाई ४५ दिनको प्रशिक्षण दिनु हुनेछ । त्यसको आउजाउको खर्च उहाँहरु आँफैले व्यहोर्नु हुनेछ भने यहाँको बसाइको लागि राखेपले सहयोगको लागि सकारात्मक जवाफ दिएको छ ।

त्यसका बाबजुत लामो समयको लागि अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त प्रशिक्षक झिकाएर राष्ट्रिय टिमलाइ प्रशिक्षण दिने, मैत्रीपुर्ण खेलहरुको लागि विदेशका उत्कृष्ट टिमहरुलाइ नेपाल झिकाउने आफुले पनि भ्रमण गर्ने । खेलाडीहरुलाइ अलि लामो समय क्लोज क्याम्पका राख्ने योजना बनाएका छौँ । त्यसको लागि सरकार र राखेपले आवश्यक सहयोग गर्नु जरुरी छ ।

सबैभन्दा महत्वपूर्ण कुरा हाम्रा खेलाडीहरुको डाइट पुग्दैन । सबै प्रकारका पौष्टिक तत्वहरु पु¥याएर दिनकोे कम्तिमा पनि चार पटक सन्तुलित भोजन गर्नुपर्नेमा हाम्रा खेलाडीहरुले विहान बेलुकाको भातको भारमा अन्तराष्ट्रिय खेलहरुमा भाग लिइराखेका छन् । यसरी न स्टामिना पुग्छ न त खेलमा छरितोपननै देखिन्छ । जबसम्म राज्यले खेलाडी माथि लगानी गर्दैन तबसम्म राम्रो नजिता दिन सकिँदैन ।

भर्खरै भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको हो, सरकारले आजको दिनसम्म चाँही कसरी सहयोग गरेको थियो ?
हेर्नुस आजसम्म खेल खेलाउने कवर्ड हल छैन । दशरथ रंगशालामा भएको कबर्डहलमा गमबुट लगाएर जानु पर्छ, विदेशी ल्याएर खेलाउन सकिन्न । त्यो पनि क्यु सिस्टम छ । कुनै प्रतियोगिता आयोजना गर्नुप¥यो भने आर्मीसंग विन्ती गर्नुपर्छ । अहिले सम्म भलिबलसंघको आफ्नोे कार्यालय छैन । कवर्डहलमा भएको एउटा कार्यलयमा कुनै पनि काम गर्न सकिने अवस्था छैन । वैठक आयोजना गर्नुप¥यो होटल रेष्टुरेन्ट खोज्दै हिड्नु पर्छ । आजको दिनसम्म संघसंग एक पैसा छैन । जति पनि प्रशासनिक काम र वैठकहरु गर्नुपर्छ त्यो सबै महासचिव ज्यु र मैले खल्तीबाट हालेर गरेका छौँ ।

अस्तिको नेदरल्याण्ड र स्विजरल्याण्डको भ्रमण पनि हामीले हाम्रो व्यक्तिगत खर्चमा गरेका हौँ ।
विभिन्न कार्यक्रमहरुको खाका सहित आगामी बर्षको लागि सरकारसंग १६ करोड मागेका थियौँ तर मन्त्रीजीले ८–१० दिन ढिला भयो नत्र म सहयोग गर्थे भन्नुभयो । अब अहिले कति बजेट परेको छ हामीलाइ थाहा छैन ।
तर परिषद् र मन्त्रालयले सहयोग गर्ने आश्वासन भने दिनुभएको छ ।

भलिबल संघको कार्यसमिति निकै ठूलो र भद्दा पनि देखिएको छ, काम गर्न कतिको सजिलो छ ?
पक्कै पनि हाम्रो संघ ठूलो छ, ३९ जनाको कार्यसमिति छ । जिल्लाहरुबाट पदाधिकारीहरु हुनुहुन्छ, त्यसैले सबै वैठकहरुमा सबैको उपस्थिती सम्भव छैन । त्यसको लागि हामीले कार्यसम्पादन समिति बनाएका छौँ । त्यही कार्यसम्पादन समितिलेनै सबै कामहरु गर्दै आएका छन् । जिल्लामा रहनुभएकमा साथीहरुको उपस्थिती सम्भव नभएपनि उहाँहरुकै सहमतीमा निर्णयहरु गर्दै आएका छौँ ।

अब ऐले संघ आर्थिक रुपमा पनि त्यती सवल नभएर होला काम गर्न खासै बाधा भएको छैन । भोली यदि आफ्नोे स्वार्थ लिएर भलिबल संघ भित्र कसैले राजनीति गर्न खोज्दछ भने त्यस्तो व्यक्तिलाइ संघभित्र कुनै पनि स्थान रहन्न ।

मैले अघि पनि भने अहिले महासचिव र मैले खल्तीबाट हालेर संघ चलाइरहेका छौँ । हामीलाइ भोली राज्यले बजेट देला र खाउँला भनेर गरेको होइनौँ । भोेली आर्थिक गतिविध बढ्दै जाँदा खाउँला र रमाउँला भनेर कोही आउँछन् भने तीनीहरुलाई कुनै स्थान छैन ।